

काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नवौँ ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको हो ।


नेपालका कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । शार्दुल ठाकुरले १० औँ ओभरमा कुशलको विकेट हात पारे ।







