समग्रमा एसपालीको  तिज

Open photo

गँगासागर खड्का – गंगासागर खड्का 

समग्रमा एसपालीको  तिजमा मौलिकता हराउदै गरेको देखियो । तिजमा चेलिका बेदना खासै बजेनन , गितले चेलिका पिडा र कथा खुलेर बोलेनन् ! उता शहरतिर को तडक-भडकले एक महिना देखि नै तिजको दरखाने चटारो भित्रायो ।

दिदी भाइ तिजमा लिन नआएको गुनासोमा गित बोलेन , घाटीमा तिलहरी र शिरमा सिरफुल भने फाट्टफुट्ट देखियो ! यो देखेर अहिलेको तन्नेरी पुस्ता अचम्म पनी परे होलान् । तर बढ्दो तडकभडक र हराउँदै गएको मौलिकताले भने अहिलेका तन्नेरी पुस्ता माथी धावा बोलेको अनुमान गरियो । – हुन त तिज रौनक हरेक गाउँ र हरेक घरमा भित्रियो …. नेपालमा मात्रै हैन बिदेशमा पनि पुग्यो यो रौनक ! रौनक सङगै कलाकार हरु पुगे प्रवासी नेपाली सग खुसी बाड्न ।

ad

कलाकारले यसपाली पनि खासै उत्कृष्ट तिज गीत आम श्रोता-दर्शक माझ ल्याउन सकेनन् । चर्चित कलाकार बिस्नु माझीको गितको थेगो नै बुझ्न सकेनन् श्रोताले । ” अरेली काडो ” बोलको यो गितको काडो धेरैले चिनेनन् । समग्रमा गित पनी एस्तै-एस्तै भय । जुन गितले तिज जस्तो स्वाद नै बोलेनन । यो धेरैले प्रतिक्रिया मार्फत गुनासो गरे !!

1

एता गाउमा भेला भयर साझ तिज गितको महेफिल जमेन । फाट्टफुट्ट घरपरिवार मिलेर रमाइलो गरेको भिडियो देख्दा परदेश बाट भयपनी मनमनै खुब खुसी लाग्यो । उसो त प्रविधिले फड्को मारेको छ , तेसबाट हामी लगभग अछुतो पक्कै छैनौ । भिडियोमा क्रान्ती ल्याएको टिकटकमा तिनै दिदीबैनका बेदना पनी देखियो । जसले दिनरात अरुको निमेक गरेर आफ्नो गुजरा चलाएको जलन्त उदाहरण प्रशस्त देखिए । अनी तेही टिकटकमा पाटी-प्यालेशमा तडकभडक वाला भिडियो पनी देखियो । समग्रमा यो पनी स्वाभाविक नै थियो । हुने खानी र हुदा खानी हरुको उदाहरण छर्लङ्ग देख्न सकिन्थ्यो ।

समग्रमा एस्तै-एस्तै भयो एसपालीको तिज !!

ad