साफ यू–१९ च्याम्पियनसिप : नेपाल र मालदिभ्स भिड्दै

Open photo

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप  फुटबल प्रतियोगिता अन्तर्गत समुह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाल आज (सोमबार) मालदिभ्ससँग भिड्दैछ।  त्रिपुरेश्वरस्थिथ दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।  सेमिफाइनलमा पुग्न नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ।

1

समूह चरणको पहिलो खेलमा बिहिबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई आजको खेलमा जितको विकल्प छैन।

बराबरी या हारले पनि नेपाली टोली समुह चरणबाटै बाहिरिनेछ। उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ।

ad

शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समिकरण बनेको हो।

नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ।

समूह बी मा बंगलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

ad