मेयर बालेनको अडान: इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति पैदल (तस्विर)

Open photo

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित मन्त्रीहरू पैदल नै वसन्तपुर पुगेका हुन्।

महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको भन्दै महानगरले गाडी प्रवेशमा रोक लगाएको हो।

1

राष्ट्रपतिलाई भने जुद्ध शालिकदेख कुमारी घरसम्म गाडीमै लैजाने तयारी गरिएको थियो। तर महानगरका मेयर बालेन्द्र शाहले त्यसमा असहमति जनाएपछि राष्ट्रपतिसहित सबै विशिष्ट व्यक्ति जुद्ध शालिकबाट पैदलै हिँडेका हुन्।

इन्द्रजात्राको मुख्य दिन बिहीबार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने प्रचलन छ।

images

images

images

 तस्बिर: रासस

Nepal life insurance

ad