भोलिदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन सुरु हुँदै, पाँच उम्मेदवार मैदानमा

Open photo

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन यही भोलि (असोज ३०) देखि काठमाडौँमा सुरु हुँदैछ।

अधिवेशनको उद्घाटन होटल सोल्टीमा भोलि दिउँसो साढे २ बजे हुनेछ। प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत् अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्दै आएको एनआरएनएमा यसपटक नेतृत्वका लागि पाँच जनाले उम्मेद्वारी घोषणा गरेका छन्।​

उनीहरुको सबैको साँझा मुद्दा नेपालमा लगानी भित्र्याउन पहल गर्नेदेखि नागरिकता समस्या समाधान गर्नेसम्मका छन् एनआरएनएले ११ औं महाधिवेशनलाई २० औं वर्षगाँठको रूपमा समेत मनाउने भएको छ। ​

एनआरएनए सन् २००३ मा विदेशी भूमिमा रहेका नेपालीलाई कुनै प्रकारको समस्या आइपरे बोलिदिने र समस्या सुल्झाउन पहल गर्ने उद्देश्यले स्थापना भएको थियो। त्यसबाहेक विदेशी लगानी स्वदेश भित्र्याएर देशलाई समृद्ध बनाउने यसको उद्देश्य थियो। तर, केही वर्षयता एनआरएनए आफ्नो उद्धेश्यबाट विचलित हुँदै गएको मात्र देखिँदैन, नेतृत्वमा आउन हानथाप नै हुने गरेको छ।

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार - Everest  Headlines - We Inform We Entertain We Inspire

1

images

अघिल्लो महाधिवेशनमा ६–६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्। अन्य तीन जनाले समेत अध्यक्षमा इच्छा व्यक्त गर्दा पाँच जनाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

अध्यक्षका प्रत्यासी बद्री केसी एनआरएनएको संगठनलाई व्यापकता दिलाउन उम्मेद्वारी दिएको बताउँछन्। अर्का उम्मेदवारका आकांक्षी महेश श्रेष्ठ भने काम बोल्न र बढी काम गर्ने संस्थाका रुपमा एनआरएनलेलाई विकास गर्ने उम्मेद्वारी दिएको बताउँछन्। त्यस्तै रविना थापा एउटा एनआरएनए मन्त्रालय बनाउने र त्यसमा हाम्रो स्रोत पनि प्रयोग गर्ने बताउछिन्। ​

images

एनआरएनएलाई समृद्ध नेपालको परिकल्पनाको बलियो सारथी बनाउन आफूले उम्मेद्वारी दिएको राजेन्द्रकुमार शर्माको दाबी छ। विनय अधिकारी भने यस संस्थामा विकृति रोक्न आफू नेतृत्वमा आउन चाहेको बताउँछन्।

images

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ।​

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने महाधिवेशन प्रतिनिधि छनोट विवादका बीच ४२ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।  एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको छन्।

111Open photo