त्रिकोणात्मक सिरिज : नेपाल यूएई सग भिड्दै

Open photo

काठमाडौँ- घरेलु मैदानमा हुने हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज बुधबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) सँग खेल्दै छ।

मूलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। एसोसियट क्रिकेटमा नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्।

1

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।

नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो।

घरेलु मैदानमा नेपालमा अन्य टोलीमाथि हावी बन्दै आएको छ। पछिल्ला खेलमा घरेलु मैदानमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा छ।

 

111Open photo