दोस्रो जितको खोजीमा नेपाल, आज हङकङसँग भिड्दै

Open photo

काठमाडौं ।  त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेपिख सुरु हुनेछ ।

1

नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो ।

हङकङ घरेलु टोली नेपाललाई हराउँदै उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । हालसम्म नेपाल र हङकङले एकअर्काविरुद्ध पाँच खेल खेलेका छन् । जसमा हङकङले तीन खेल जितेको छ । नेपालले अहिलेसम्म हङकङलाई एक खेलमा मात्र पराजित गरेको छ । यी दुई टिमबीचको एक खेल भने नतिजाविहीन भएको विगत छ ।

1

नेपाल र हङकङले अन्तिमपटक सन् २०२० मा खेलेका थिए । सो खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको थियो । यसपटक नेपाल तीन वर्षअघिको हारको बदला लिने रणनीतिमा छ ।

हङकङविरुद्ध पनि नेपालले अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ । सिरिजमा नेपाल, यूएई र हङकङले खेलिरहेका हुन् । सिरिजको फाइनल खेल १० कात्तिकमा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

नेपालको सम्भावित​प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा, अभिनाश बोहरा र श्याम ढकाल ।

111Open photo