


काठमाडौँ- आज एकादशी । आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ ।
तर आज पनि दशैंको टीका र जमरा लगाइने गरिन्छ । टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।


आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिनसम्म बडादशैं मनाउने गरिएको छ ।
विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन शुरु हुन्छ ।










