


सुर्खेत- मुगुमा तीन बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा शव फेला परेकाे हाे । उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
![]()

फेला परेकाे तीन बालबालिकासहित चार जनाको शव एकै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको हो ।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् ।










