राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने

Open photo

लुम्बिनी। नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज अन्नपुर्ण आधार शिविर जानुहुनेछ ।

सोमवार राती पोखरामा बास बस्नुभएका गुटेरेस आज बिहानै अन्नपुर्ण आधार शिविरतर्फ लाग्नु भएको छ ।

1

अन्नपुर्ण आधार शिविरबाट फर्केपछि पोखरामा रही लुम्बिनी जाने भ्रमण तालिका तय भएको छ । महासचिव गुटरेसको लुम्बिनी भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनुहुनेछ ।

गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पुर्ण तयारी पुरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गरिने कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले जानकारी दिनुभयो ।

लुम्बिनी पुग्दा गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा.ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्ने कार्यतालिका रहेको छ ।

गुटरेस आज बिहान ८ः३५ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यहीँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान लुम्बिनी पुग्नुहुनेछ ।

गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ती दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । सोही क्रममा उहाँले सञ्चारकर्मीहरुलाई बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको छ ।

images

1

लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटरेस १०ः ३० बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ भने उहाँले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्नुहुनेछ । बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय भएको छ । उहाँ चार दिने नेपालको भ्रमण पूरा गरी बुधवार बेलायत जाने तालिका रहेको छ ।

images

111Open photo