युएईविरुद्ध नेपालले टस हार्यो, पहिले बलिङ गर्ने,दीपेन्द्र सिंह ऐरी युएईविरुद्धको खेल खेल्ने

Open photo

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो ।

चोटका कारण मैदान बाहिर रहेका अलराउन्डर दीपेन्द्र सिंह ऐरी युएईविरुद्धको खेल खेल्ने भएका छन्। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा हुने युएईविरुद्धको सेमिफाइनलमा ऐरी प्लेइङ ११ मा समेटिएका छन्।

111Open photo