मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक टी-ट्वान्टी विश्वकपमा छनोट भएको हो ।


यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । नेपालले १० वर्षपछि पुनः विश्वकप खेल्ने भएको हो ।

आजको खेलमा जितका लागि चाहिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा पूरा गर्यो ।
यसअघि यूएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।










