नरपानीमा वार्ड स्तरिय भलिवल प्रतियोगिता हुने प्राकृतिक सुन्दरतामा रमाउदै खेलको मनोरञ्जन लीन अनुराेध

 “नरपानी , सुपा देउराली , जगत यस क्षेत्रको सान , कला सस्कृती र पर्यटन सहित स्वास्थका लागि खेलकुद अभियान ” भन्ने उदेस्य सहित प्राकृतिक सुन्दरताले भरिएको पर्यटकिय स्थल सन्धिखर्क ६ को नरपानीमा उज्यालो पर्व दिपावलिको अवसर पारेर गंगा सरोवर युवा क्लव नरपानीले वार्ड स्तरिय भलिवल प्रतियोगिता आयोजना गर्दैछ । यहि कार्तिक २१ गते बाट सुरु हुने भलिवल प्रतियोगिता क्लवको आयोजना हुन लागेको पहिलो वार्ड स्तरिय प्रतियोगिता भएको क्लवका अध्यक्ष अरुण रायमाझिले बताएका छन ।No description available.

क्लव स्थापनाको बर्ष दिन नपुग्दै प्रथम वार्ड स्तरिय भलिवल प्रतियोगिता आयोजना गरेको क्लवले आगामी बर्षमा पनि निरन्तरता दिने क्लवका अध्यक्ष अरुण रायमाझिले जनाएका छन । वार्ड स्तरिय प्रतियोगिता हुने यस खेलमा खेल प्रतियोगितालाइ निश्पक्ष र मर्यादित बनाउनको लागि क्लवले कडा प्रयास गर्ने बताउदै खेलमा सहभागी हुने समुहहरुले खेलाडिहरुको पुर्ण ठेगाना सहित समूह दर्ता गर्न र आवस्यक परेको खन्डमा आयोजकलाइ खेलाडिहरुको स्थायी ठेगाना सम्बन्धी कागजात उपलब्ध गराउन सकिने गरि ब्यबस्थापन गर्न पनि अपिल गरेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार राशी = ४५१०५

द्वितीय पुरस्कार राशी = ३५१०५

तृतीय पुरस्कार राशी = २०१०५

समूह दर्ता शुल्क = २०००

समूह दर्ता गर्ने मिति = २०८० कार्तीक १८ गते देखि २१ गते बिहान सम्म

खेल सुरु हुने मिति -२०८० कार्तिक २१ गते

खेल हुने मैदान = नरपानी भेलिचौर डांडा

थप जानकारिको लागि

क्लवका अध्यक्ष अरुण रायमाझी- ९८४७१२९३०५

सचिव हिमकान्त पान्डे -९८६७७३७७३८

उपसचिव पृतम अधिकारी -९८४७४७६८३४

प्रकाश पान्डे – ९८६७०८४७२४

नोट – खेल सम्बन्धी कुनै बिवाद आएमा आयोजकको अन्तिम निर्णय मान्य हुनेछ ।

आयोजक = गंगा सरोवर युवा क्लब सन्धिखर्क छ नरपानी अर्घाखाँची ।