भूकम्पबाट जाजरकोटमा ३४ र रुकुम पश्चिममा ३६ जनाभन्दा बढीको मृत्यु

भूकम्पबाट जाजरकोटमा मात्रै ३४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्  ।

1

उनले जिल्लामा सयौँ जना घाइते भएको र सयौँ घरहरू भत्किएको फरकधारसँग बताए । उद्धारसहित क्षतिको विवरण सङ्कलन भइरहेको बताउँदै उनले मृतक र घाइतेको सङ्ख्या बढ्ने अनुमान रहेको बताए ।

1

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी सयौँ घाइते भएको बताए ।

ठाउँ ठाउँमा पहिरो गएर बाटो पनि अवरुद्ध भएका छन् । अहिले उद्धार र क्षतिको विवरण संकलन भइरहेको छ । थप विवरण आइरहेका छन् ।

 

111Open photo