आईसीसी टी–२० विश्वकप क्रिकेट : नेपालको खेल भूकम्पपीडितप्रति समर्पित, खेलाडीहरुले कालो पट्टी बाँधेर खेल्ने

काठमाडौं आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध  नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेल्ने भएका छन्। जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा ज्यान गुमाएका तथा घाइते भएकाहरुको सम्झनामा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेल्ने भएका हुन्।

1

कप्तान रोहित पौडेलले आज (आइतबार)को फाइनल खेल भूकम्पपीडितहरुप्रति समर्पित हुने बताए।

1

शुक्रबार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने ठुलो संख्यामा घाइते भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार खेलबाट टिकट बिक्री गरेर उठेको आधा रकम पीडितहरुलाई दिने पनि घोषणा गरेको छ।

 

111Open photo