

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ ।


प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् । यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ ।











