

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ईन्दु बर्मा नियुक्त भएकी छिन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो ।



क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ ।

नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ । रासस










