

काठमाडौं। कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका हरुको परिवारलाई राहतस्वरुप दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।


बैठकले घाइतेहरू उपचार खर्च कार्यविधि अनुसार दिने निर्णय पनि गरेको छ। घाइतेको प्रकृति हेरेर खर्च दिने निर्णय भएको बताईएको छ । तिहारपछि घाइतेले उपचार खर्च पाउने छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन्, यदि परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्च वापत दिने निर्णय भएको छ।









