धनकुटामा एकैघरका ३ जनाको शव फेला, हत्या भएको आशंका

Open photo

धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

धनकुटामा एकैघरका ३ जनाको शव फेला, हत्या भएको आशंका

घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजुबाबु महर्जनले जानकारी दिए।

1

‘घटनास्थलको प्रकृति हेर्दा आमा छोराको हत्यापछि घरमुली टीकारामले आत्महत्या गरे जस्तो देखिन्छ,’ डीएसपी महर्जनले बिहीबार बिहान नेपालखबरसँग भने, ‘हामी अहिले घटनास्थलमै छौँ। घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ।’

टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेको महर्जनले जानकारी दिए।

अत्यधिक मादक पदार्थ सेवन गर्ने टीकारामले घरायसी विवादमा मध्यराति पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको हुननसक्ने आशंका छिमेकीले गरेका छन्।

1

घटना मध्यराति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

111