
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज दुई वटा खेल हुँदैछन् । आज पोखरा थन्डर्स र एफसी चितवन तथा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटीबीच खेल हुनेछ ।


पोखरा र चितवनबीचको खेल दिउँसो एक बजे तथा बुटवल लुम्बिनी र ललितपुरको खेल बेलुका साढे ५ बजे शुरु हुनेछ । यी खेल दशरथ रङ्गशालामा हुनेछन् ।
एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ ।

काठमाण्डौले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले हरायो । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।








