रुकुम पश्चिम: बसको ठक्करबाट एक जनाको ज्यान गयो, दुई जना घाइते

Open photo

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबिसकाेटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

1

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरकाे रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको ज्यान गएकाे हाे । परियारकाे घटनास्थलमै ज्यान गएकाे आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।

1

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइते दुवै जनाकाे आठबिसकोट राडीमा रहेकाे नगर अस्पतालमा उपचार भइरहेकाे छ । उज्यालोले उल्लेख गरेको छ।

 

111