बैतडीको मेलौलीमा आजदेखि ‘देहिजाँत’ मेला शुरु

Open photo

बैतडी । बैतडीको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा आइतबारदेखि जात्रा ‘देहिजाँत’ हुने भएको छ । देहिजाँतका लागि मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

1

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक तथा वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी दिनुभयो ।

1

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो ।

देहिजाँतको रूपमा परिचित मेला पशुबली सहित भव्य रुपमा लाग्ने गर्छ । मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन् ।

1

मेलामा व्यापार गर्नका लागि भारतबाट समेत व्यापारीहरु आउने गर्दछन् । मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरु, इष्टमित्र तथा परिवारसँगको भेटघाट र यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ । जात्रामा स्थानीय उत्पादनको बिक्री समेत हुने गर्दछ ।-इमेज

111Open photo