एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

Open photo

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियाटा समूह बाहिरिने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिले निर्णय गर्दै एनसेलबाट बाहिरिने निर्णय गरेको हो।

1

समूहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय गरेकाे छ।

1

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ वर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

1

एनसेलको सेयर ७ वर्ष अगाडि आजिएटाले किनेको थियो । आजियाटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।

111Open photo

images