अर्घाखाँची : घाँस काट्ने क्रममा खरबारीबाट लड्दा एक जनाको मृत्यु

Open photo

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा खरबारीबाट लड्दा एक जनाको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका ८, काफलडाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु – रेडियो नेपाल1

४८ वर्षीय बिक बिहीवार बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो ।

1

बेलुका पौने छ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

111Open photo