एनसेल खरिद/बिक्री प्रकरण अस्वाभाविक देखियो, छानबिन हुन्छः प्राधिकरण अध्यक्ष

Open photo

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद/बिक्री अस्वभाविक रहेको बताएका छन्। बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

खनालले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको पनि दाबी गरे। उनले यो प्रकरणमा सत्यतथ्य छानबिन गरेर कानूनअनुसार कायबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्।

1

‘हामीले जब वेबसाइटमा खरिदबिक्रीको कुरा देख्यौँ अनि पत्र लेख्यौँ। हामीलाई जानकारी गराउनुपर्ने हो तर गराइएन। हामीलाई जवाफ आएको छ। सरकारले पनि छानबिन गर्ने भनेको छ। छानबिनको निर्णय आएपछि सोहीअनुसार अघि बढ्छौँ।’

एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो। स्पेक्ट्रलाइट कम्पनीलाई ८० प्रतिशत सेयर बिक्री गर्दा न्यूनतम मूल्य राखेर अर्बौं रकमको कर छली गरेको आशंका भईरहेको छ।

1

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। जवाफमा एनसेलले बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ।

पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने उल्लेख छ। प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ।

images

 

111Open photo

images