प्लास्टिकका क्रिसमस ट्री राख्न महानगरको निषेध

Open photo

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ।

1

विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ। महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ।

 

111Open photo