नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षा : शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा

Open photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुवै घटाएको हो ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरिएको छ ।

1

यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको राष्ट्र बैंकले जनाएको छ ।

1

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

images

यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था समेत गरिने बैंकले जनाएको हो ।

images

क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था मिलाइने समेत जनाइएको छ ।

111Open photo

images