अर्घाखाँची: ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

Open photo

शीतगंगा – अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

1

जिल्लाको शीतगंगा नगरपालिका-८ सातमारास्थित राप्ति पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

1

दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो।

1
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

111Open photo

अन्य समाचारहरु