धर्मलाई अतिवादको विषय बनाइनु हुँदैनः सांसद घिमिरे

-नविन वि.क अर्घाखाँची ।

सन्धिखर्क । बहु–जाति, बहु–भाषिक, बहु–धामिक सबैको साझा फुलबारी जस्तो नेपालमा धार्मिक सहिसणुता कायम हुनुपर्नेे लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले बताएका छन् । शुक्रबार सन्धिखर्कमा ख्रीस्टियन धर्मवम्बीहरुको महान चाड ख्रीष्टमसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद घिमिरेले राज्यको कुनै धर्म हुन नहुने बताएका थिए ।

1

उनले राज्यले अभिभावकत्व बहन गर्नुपर्ने बताउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने बताएका थिए । ‘धर्म आस्था हो, धर्म सेवा हो, धर्म विस्वास हो, धर्मलाई अतिवादको विषय बनाउनु हुँदैन्, धर्मलाई धर्मका रुपमा मात्र हेर्नुपर्छ,’ उनले भने ‘धार्मिक अतिवादले हामीलाई विखण्डन् तिर लिएर जान्छ, त्यसकारण धर्ममा सहिष्णुता चाहिन्छ ।’

1

नेपालमा बस्ने सबै व्यक्ति, समुदायले आ–आफ्नै धर्म मान्छन् सबैले सबै धर्मको सम्मान गरेको पनि पाइन्छ । तर पछिल्लो समय धर्मलाई अतिवादको विषय पनि बनाइरहेका छन् । कसैले नेपाललाई हिन्दुराज्य बनाउने माग राख्छन् भने कसैले नेपाललाई धर्म निरपेक्ष, सबैको आ–आफ्नै फरक मत पाइन्छ, जसले जे मत राखेपनि नेपालीले सबै धर्मलाई सम्मान गर्नुपर्ने सांसद घिमिरेको भनाइ छ ।

1

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यम गैरेले सबै धर्मका बिचमा भाइचाराको सम्बन्ध हुनुपर्ने बताए । उनले राज्यले कुनै एक धर्म विषेशलाई प्रोत्साहन नगरी सम्मान व्यवहार गर्ने निति लिएको बताउँदै सबै धर्मप्रति समान भावना हाम्रो परम्परा भएको बताएका थिए । ‘सबै धर्मलाई सम्मान गर्ने परम्पराकै कारण नेपाललाई धर्म निरपेक्ष राज्यका रुपमा धोषण गरिएको हो,’ उनले भने ‘हामीले धर्मलाई विवादको विषय बनाउने होइन ।’

सन्धिखर्क नगरपालिकाले सबै धर्मलाई समान महत्व दिदैं आएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । श्रेष्ठले क्रीश्चियन समुदायले दाहसंस्कार गर्ने ठाउँको माग गरेकोमा त्यसको व्यस्थापन छिट्टै गर्ने बताएका थिए । उनले धर्म हाम्रा पहिचान भएको बताउँदै धर्मको आधारमा विभेद गर्न नहुने बताएका थिए ।

यस्तै कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठ, इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली, पत्रकार महासंघका पुर्व अध्यक्ष हिम जि.सी (लेकाली), पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम ईसाइ समाज अर्घाखाँचीका अध्यक्ष मनिष सिंहको अध्यक्षता, ईसाइ समाज लुम्बिनी प्रदेश सदस्य तथा सन्धिखर्क सु–समाचार चर्जका पास्टर प्रतिज्ञा सारुको स्वागत मन्तव्य र क्रीश्चियन महासंघका केन्द्रिय उपाध्यक्ष विष्णु परियारको संचालनमा सम्पन्न भएको थियो ।

111Open photo