भारतमा फेरि फैलियो कोभिड : चारको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली- भारतमा कोभिड संक्रमित मध्ये चार जनाको मृत्यु भएको छ ।

कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै चार जनाको मृत्यु भएको हो ।

समाचार1

भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देशभररमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको केरला दुई जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो ।

 

111Open photo