छत्रदेव : रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित )

-केशब पन्थी , अर्घाखाची डट्कम ।

छत्रगंन्ज-  रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने बृहत निस्शुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ।

May be an image of 4 people1

उक्त कार्यक्रममा एडमण्ड सिटि हस्पिटलका काडियोलोजीस्ट डा प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा,मेडिकल अफिसर डाक्टर रोहित खड्का,डाक्टर विकाश घिमिरेले सेवा दिनुभएको थियो।

May be an image of 11 people, hospital and temple1

गाउँमा स्वास्थ्य शिविर ल्याउदा गरिब तथा रोग लुकाएर बसेका आमाबुबा तथा दिदी बहिनिहरुलाई निस्शुल्क उपचार गराउने उदेश्य लिएर कार्यक्रम आयोजना गरिएको र अहिलेसम्म ६०० जनाले उपचारको लागि टिकट लिई सकेको छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिनुभयो ।

May be an image of 12 people and hospital

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश

May be an image of 2 people, people smiling, people studying and hospital1

राना, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड सदस्यहरु , स्थानीय व्यावसायि टिन प्रसाद प्रधान,लगायतको सहभागी रहेको थियो।

May be an image of 8 people, people studying and text

कार्यक्रमको संन्चालन छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका सचिव विराज पौडेलले गर्नु भएको थियो।

111Open photo

अन्य समाचारहरु