जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा (तस्बिर सहित)

spot_img

-रुद्रमणि भुसाल, अर्घाखाँची ।

अर्घाखाँची – माघ १४ गतेबाट सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीले बताएको छ ।

No description available.

स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्डप्रतियोगिताको नेपाल सरकारका माननीय सस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले उदघाटन गर्ने जिल्ला खेलकुद बिकाश समिति अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

No description available.

शुक्रवार जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

No description available.

कार्यक्रममा समितिले जिल्लाका छ वटै स्थानीयतह बाट प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने , रेफ्रिहरु (लाइसेन्सवाला ) बाहिर बाट ल्याइने ,प्रत्येक पालिकाबाट आउने खेलाडीहरुको सक्कली सटिपिकेट अनिवार्य जाच गरिने , निर्देशिका अनुसार ब्याबस्थापक तथा निर्देशन समितिको रहेको उल्लेख गरिएको छ । खेलमा छ वटै पालिका बाट ८६/ ८६ खेलाडीका दर ५ सय १६ जना खेलाडी सहभागी हुने भएका छ्न ।

No description available.

खेलमा कुनै पनि पालिकाले फर्जी खेलाडी ल्याइ खेलमा सहभागी गराएमा उक्त पालिकाका खेलाडीहरु लाई एक बर्ष सम्म कुनै पनि खेलकुद कार्यक्रममा सहभागी नबनाउने भएको छ ।

खेलमा भलिबल , कपडी एथलेटिक्स तेक्वान्डो लगायत रहेका छन् ।खेलकुदमा बिजेता खेलाडी तथा उक्त बिध्यालयका प्रअ हरुलाइ समेत संम्मान गरिने भएको छ ।

No description available.