सरस्वती आधारभुत बिधालयमा १२० जना बिद्यार्थीलाई पोसाक तथा न्यानो कपडा वितरण (तस्बिर सहित)

spot_img

-अस्लम अलि,छत्रदेव

छत्रदेव –   छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुका लागि बिधालयमा कार्यक्रम गरि विद्यालय पोशाक तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका करिब १२० जना विद्यार्थीहरूका लागि अर्घाखाँची ठूला पोखरा रूपन्देही महिला बचत समुहले न्यानो कपडा (स्वेटर) वितरण गरेको छ भने र विद्यालय पोशाक वितरणका लागि यसै वडामा स्थायी जन्मभूमि भई रोजगारीका सिलसिलामा कतारमा रहनुभएका यूवाहरु श्री कृष्ण प्रसाद

पन्थी रु. २०,०००/-, बलराम पन्थी रु. ३५,०००/-, रामप्रसाद पौडेल रु. ३५,०००/-, कृष्ण पौडेल (टोमलाल) रु.२०,०००/- र श्री हुमलाल पन्थीले रु. ३,०००/- नगद सहयोग उपलब्ध गराउनु भएको छ्त्रदेव गाउँपालिका ६ नम्बर वाड अध्यक्ष कमल पौडेल जानकारी दिनु भएको हो ।

अन्य समाचारहरु