नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

spot_img

काठमाडौँ। नेपालले बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। आइसीसी यु-१९ विश्वकपको सुपर सिक्सअन्तर्गत दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा गरेको थियो।

बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ रन बनाए। त्यस्ट्टै जिसन आलमले ५५, असिकुर रहमानले १६, एमडी रिजवानले १५ र अहर अमिनले १२ रन बनाए। मोहम्मद साहिब भने शून्य रनमै आउट भएका थिए। बंगलादेशको सबै विकेट सुवास भण्डारीले लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले एक बल अगावै सबै विकेट गुमाएर १६९ रन बनाएको थियो। नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए।

त्यस्तै कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए। सुवास भण्डारी भने १८ रनमा अविजित रहे। नेपालले शुक्रबार भारतसँग खेल्नेछ।