शितगंगा तेस्रो महोत्सव: २ करोडको कारोवार, २० हजार दर्शकले मेला अवलोकन गर्दै महोत्सब समापन (तस्बिर सहित)

spot_img

-विक्रम आचार्य, शितगंगा ।

 शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग –व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनको दिन २५ गते बिहिवार समापन भएको छ ।

महोत्सवमा २ करोडको व्यापार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेकाे उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताउनु भयो ।

महोत्सवको समुद्धघाटन लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा )वाट भएको थियो भने समापन समारोहको प्रमुख अथिती प्रदेश सांसद रामजी घिमिरे रहनु भएको थियो ।

शितगंगा उधोग वाणिज्य संघको आयोजनामा सन्चालन भइरहेको शितगंगा महोत्सवमा चन्द्र शर्मा , सम्झना रणपाल , वर्षा थापा , बद्री पङ्गेनी , मन्जु भट्टराई , श्री कृष्ण वम मल्ल , एक्टिमा परियार , खेम सेन्चुरी , कुशल वेल्वासे , सन्दिप न्यौपाने , दिपक भण्डारी , श्याम राना , मिसन भुसाल ,

सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली ) , टंक टिमल्सिना , भुवन अधिकारी , अनु राना मगर , प्रकाश पराजुली , लालुमाया कुवर , सम्झना लामिछाने , दिपक दर्लामी , सर्मिला अर्याल , शिब क्षेत्री , सुप्रिम मल्ल ठकुरी , वविता धिताल , कुलेन्द्र विश्वकर्मा , संगिता चितौरे , कल्पना कुशुम , कमल विष्ट लगायत कलाकारको प्रस्तुती रहेको थियो ।

यस्तै दोश्रो शितगंगा डान्स आइडल बाट आविश्का पुन मगर प्रथम दोश्रो मनिषा नेपाली अविना गुरुङ तेस्रो निरुता सुनार , मनिसा नेपाली , निरुता वेल्वासे सान्तना हुदै तेश्रो शितगंगा डान्स आईडल सम्पन्न भएको छ । नृत्य निर्देशक हेमन्त वेल्वासेको नेतृत्वमा शितगंगा डान्स ग्रुपको प्रस्तुती रहेको थियो ।

महोत्सवमा विभिन्न कृषि स्टल , लगायत ८० स्टल रहेका थिए १ महिला उद्दमिलाई निशुल्क स्टलको ब्यवस्था गरिएको थियो त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको थियो ।

थप तस्बिर:

अन्य समाचारहरु