क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु

spot_img

काठमाडौँ- कार दुर्घटनामा परेर क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन वटा कार ठोक्किएका थिए ।

कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेका छन् । प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरू दुवै जना अविवाहित भएको बुझिएको छ ।

उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए । दुई वर्षअघि क्यानडा पुगेका उनीहरू बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो ।