ललिता निवास प्रकरण : हिनामिना भएको १ सय ३६ रोपनी जग्गा जफत गरेर सरकारकै नाममा ल्याइने, यी व्यक्तिहरुबाट गरियो जग्गा जफत (नाम सहित)

spot_img

काठमाडौं । २०५० देखि हिनामिना गरिएको ललिता निवास परिसरको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेको छ ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएकोमा नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित ७८ जनालाई दोषी ठहर भएका छन् । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएको थियो ।

Charge sheet filed at Special Court against NBSM Senior Inspector - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

हिनामिना भएको १ सय ३६ रोपनी जग्गा अब जफत गरेर सरकारकै नाममा ल्याइनेछ ।

ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको बनाउन संलग्न सरकारी कर्मचारी, बिचौलिया, भू माफिया र गैरकानुनी लाभ लिने ७८ जना दोषी ठहर भएका छन् । दोषी ठहरिएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी हाल आफ्नो नाममा जग्गा रहेकामध्ये ६५ जना तथा सट्टाभर्नामार्फत् जग्गाधनीको हैसियतमा जग्गा प्राप्त गरेका १० जना गरी कुल ७५ जनाको नाममा रहेको जग्गा जफत हुने भएको हो ।

ललिता निवासको सम्पतिको सबैभन्दा ठूला मालिक हुन्, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ । उनको एकल स्वामित्वमा मात्रै २६ रोपनी ६ आना जग्गा रहेको छ ।

उनका नातेदारको नाममा रहेको जग्गा समेत जोड्दा करीब ३० रोपनी पुग्छ । त्यस्तै शोभाकान्त र रामकुमारको नाममा क्रमशः १७ रोपनी ६ आना र १६ रोपनी १४ आना जग्गा छ । उनीहरूले परिवारका सदस्यको नाममा किनेको जग्गा जोड्दा करीब २० रोपनी रहेको छ ।

गुरुङ, सुवेदी र ढकालले भाटभटेनी डेभलपर्स नामक कम्पनी खोलेर समेत सरकारी जग्गा किनबेच गरेका थिए ।

यसमा सबैभन्दा बढी शेयर गुरुङ परिवारको छ । शिवरतन शारडा, कैलाशचन्द्र गोयल, निर्मला गोयल, श्रवणकुमार गोयल र सन्दीपकुमार शारडा सञ्चालक रहेको डीएफएल डेभलपर्सको नाममा १८ रोपनी जग्गा छ ।

विशेष अदालतको फैसलामा हाल जग्गा जफत हुने प्रयोजनका लागि मुद्दा दायर भएकाहरुको हकमा जग्गा जफत भएकाले उनीहरुले कोही कसैसँग खरिद गरेको भए त्यसवापतको रकम प्राप्त गर्न आफूले जो सँग जग्गा किनेको हो, ती व्यक्ति वा संस्थाविरुद्ध छुट्टै मुद्दा दायर गरेर लिनुपर्ने भएको छ ।

सट्टाभर्नामार्फत जग्गा जफत हुनेमा को–को छन् ?

१.भाटभटेनी डेभलपमेण्ट प्रा.लि.

२.चमेली श्रेष्ठ

३.बाबा कार्की

४.डीएल डेभसपर्स प्रा.लि.

५.माधवी सुवेदी,

६.अगम ढुङ्गाना

७.खेमलाल खरेल

८.लक्ष्मी ढकाल,

९.रजनी पनेरु,

१०. उमाकुमारी ढकाल्नी

अरु कसको भयो जग्गा जफत ?

१. बद्री लक्ष्मी श्रेष्ठ

२.कल्पना तुलाधर

३.शर्मिला बज्राचार्य (शाक्य)

४.प्रगति कंसाकार

५.गैरआवासीय नेपाली संघ

६.कामना गुरुङ

७.कल्याण गुरुङ

८.सज्जन कुमार चाचान

९.देवान्शी गोयल

१०.सरस्वती घले गुरुङ

११.सरला गुरुङ (घले),

१२.मनोज कुमार केडिया,

१३.मनोज कुमार गौतम,

१४.मन्ती गोर्खाली,

१५.निर्मलादेवी गोयल

१६.निकिता तुलाधर,

१७.अमिताभ तुलाधर,

१८.उमा प्रसाईं,

१९.युरिशोभा तुलाधर,

२०.रेणुका बज्राचार्य,

२१.सुविस्ता तुलाधर,

२२.अञ्जना तुलाधर

२३.चन्द्रिका कंसाकार

२४.सानुछोरी बज्राचार्य

२५. सिपिका खेतान

२६.सुष्मा बज्राचार्य (शाक्य)

२७.सन्ध्या शाक्य,

२८.संगिता राखेचा कोठारी बोथरा

२९.नुतन श्रेष्ठ

३०.धर्मशोभा शाक्य

३१.डिम्पल वंशल

३२.सरिता मानन्धर श्रेष्ठ

३३.गीता गौतम खनाल

३४.नितु गुरुङ

३५.रीता ओझा गौतम

३६.रत्नहिरा बज्राचार्य

३७.प्रतिमा वैद्य प्रधान

३८.प्रविण ताम्राकार

३९.विजय ताम्राकार

४०.माया शेर्पा गौचन

४१.महेशराजा तुलाधर

४२.द्वारिकादेवी श्रेष्ठ

४३.इन्द्रदेव गुरुङ

४४.ईन्दु शर्मा

४५.संदिप ढकाल

४६.भवानी जोशी जग्गा

४७.भारती पाण्डे

४८.विवेक कुमार सुवेदी

४९.केशव तुलाधर

५०.अनितादेवी कंसाकार

५१.ओम विरमान ताम्राकार

५२.अनिलमान ताम्राकार

५३.गोविन्दलाल संघाई

५४.गायत्री श्रेष्ठ (कंसाकार)

५५.पञ्चनारायण महर्जन,

५६.राधा सिग्देल आचार्य

५७.मचाबाबु प्रजापति

५८.रुपेश कुमार सुवेदी

५९.सरोज ढकाल

६०.पहलमान गुरुङ

६१.पुरुषोत्तम पौडेल

६२.प्रमोद शेरचन

६३. कनक हर्बल

६४.अच्युतराज श्रेष्ठ

६५.विजेन्द्र जोशी

ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै नेपाली जनतालाई बधाई समेत दिएका छन् । तर, भ्रष्टाचारको आदेश दिनेहरूलाई नै अदालतले सफाइ दिएको भन्दै असन्तुष्टि पनि ब्यक्त भैरहेको छ ।

जे होस् २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा आउने भएको छ । ललिता निवासको जग्गा प्रकरण सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हुने भ्रष्टाचारको सबै भन्दा ठूलो उदहारण हो ।

सरकारले अदालतले ठिक गर्यो भनेर उत्सव मनाउनु जायज भएपनि अबको ध्यान भने भ्रष्टाचारलाई शून्य गराउनमा केन्द्रीत गर्न आवश्यक छ ।

-न्युज २४