आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानीको व्रत समापन गरिँदै

spot_img

काठमाडौं । आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानीको व्रत समापन गरिँदैछ । एक महिनाअघि शुरु गरिएको श्रीस्वस्थानीको व्रत आज विधिपूर्वक समापन गरिने भएको हो ।

श्रीस्वस्थानीको व्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनमा शुरु गरी माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । नेपाली हिन्दू समुाजमा यो एक महिना श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा रहेको छ । श्रीस्वस्थानीको व्रतको अन्तिम दिन आज माघ शुक्ल पूर्णिमाका दिन दीयो, कलश, गणेशको पूजा गरेर श्रीस्वस्थानी देवीको विधिपूर्वक विशेष पूजा गर्ने गरिन्छ ।

स्वस्थानीको पूजा व्रत विधिपूर्वक गरेमा मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यो व्रत समापन गर्दा १०८ वटा अक्षता, जनै, सुपारी, मालपुवा लगायतका रोटी, पान, फलफूल तथा बत्ती चढाउनु पर्ने नियम छ । साथै चढाएका यी नैवैद्यमध्ये आठ–आठ वटा प्रसादहरु (आठ वटा मालपुवा, आठ वटा पान, आठ सुपारी र आठ वटा फल श्रीमान् वा छोरा वा छोरीलाई दिएर बाँकी सय वटा व्रत बस्नेले खानुपर्ने नियम छ ।

महादेवलाई पतिका रुपमा पाउनका लागि पार्वती देवीले स्वास्थानी देवीको व्रत बसेको धार्मिक मान्यता छ ।