टि–२० क्रिकेट : नामिबिया र नेदरल्याण्ड्स भिड्दै

spot_img

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

सोमबार बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान किर्तीपुरमा खेल शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ ।

नेदरल्याण्ड ३ खेलमध्ये एकमा हार र दुई खेलमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेट रनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।