सूर्याेदय वोमी लघुवित्त वित्तिय संस्था ली. ले गर्यो वीमा बापतको चेक रकम हस्त्तान्तरण (तस्बिर सहित)

spot_img

सन्धिखर्क ,अर्घाखाँची – सूर्याेदय वोमी लघुवित्त वित्तिय संस्था ली. शाखा कार्यालय सन्धिखर्क अर्घाखाचीले यस वित्तीय संस्थामा बिगत ५ बर्ष देखि आबद्ध रही बचत तथा

कर्जा कारोबार गर्दै आएकि सदस्य श्री सरस्वता खत्री क्षेत्रीका श्रीमान श्री धन बहादुर खत्री क्षेत्रीको यहि मिति २०८० साल ०८ महिना ३० गते असामहिक निधन भएकोले यस वित्तीय संस्थाले  शोकाकुल परीवारजन प्रती  गहिरो समबेदना ब्यक्त गरेको छ।

यसैगरी  सदस्य श्री सरस्वता खत्री क्षेत्रीले यस वित्तीय संस्थाबाट बचत तथा कर्जा कारोबार गर्दै आएकोमा वित्तीय संस्थाले निजको श्रीमान श्री धन बहादुर खत्री क्षेत्रीको असामहिक निधन भएकोले संस्थाको सदस्य सरस्वता खत्री क्षेत्रीलाई वीमा बापतको रकम रु १,५००००. रुपैया यस वित्तीय संस्थाको शाखा प्रमूख राजनमणी परीयार ,कर्मचारी चेतेन्द्र कालाथोकी, मगल बहादुर शाहीले घरमै गई विमा बापतको रकमको चेक हस्तान्तरण गर्नु भएको छ।

कार्यक्रममा सस्थाका सेयर सद्स्य र समाजसेविको उपस्थिती रहेको थियो।