आज महाशिवरात्रि, भगवान् शिवको पूजा गरिँदै

spot_img

काठमाडौं । आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।

आज पशुपतिनाथको दर्शन गर्न देशभित्रका श्रद्धालु भक्तजनकासाथै भारतबाट पनि दर्शनार्थीहरु काठमाडौंमा आएका छन् । भारतबाट आएका जोगी, नागा बाबा तथा साधुसन्तका लागि पशुपति क्षेत्र विकास कोषले खाना र बस्नका लागि व्यवस्था मिलाएको छ भने उनीहरू फर्किने समयमा दक्षिणा दिएर बिदाइ गर्ने गने चलन छ ।

Mahashivratri 2024: Pooja Timing, Mythological Significance And More

साथै आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् भने यस क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन र बिक्री निषेध गरिएको छ ।