आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै

spot_img

काठमाडौं । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, राष्ट्रपति र उपराष्ट्रपतिले दिए  शुभकामना – BikashNews

आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा विभाजन गरि मनाउने चलन छ ।

शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउँदै | Sangam Khabar

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा मनाउन थालिएको छ । आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिन्छ । पूजाका साथै शेर्पा समुदायको सांस्कृतिक नाच तथा वेशभूषा प्रदर्शन गरी ग्याल्पो ल्होसार मनाइने गरिन्छ ।

ग्याल्पो ल्होसार पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।