नेपालकै ठूलो मानिएको प्लाइउड उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

spot_img

काठमाडौं ।  झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योगमा आगलागी भएको छ । नेपालकै ठूलो प्लाइ उद्योग मानिएको भगवती लेमिनेट्स प्रा.लिमा आज बिहान आगो सल्किएको हो ।

मेचीनगर नगरपालिकाको ज्यामिरगढीमा रहेको प्लाइउड उद्योगमा लागेको आगो निभाउन विभिन्न पालिकाबाट गएका ८ वटा दमकलको प्रयोग गरिएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेकोे छ । आगलागीको कारण खुलेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । स्थानीयका अनुसार आगलागीबाट उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । क्षतिको यकिन विवरण संकलन भएको छैन ।