कर्णाली पुलमा ग्यास बोकेको ट्रकमा आगलागी, पुलमा समेत सल्कियो आगो

spot_img

काठमाडौँ- कर्णाली पुलमा गुडिरहेको ग्यास बोकेको ट्रकमा आगलागी भएको छ । आगो पुलका लठ्ठामा समेत सल्केको छ । आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा हिँडिरहेको​ ट्रकमा​ एक्कासी आगलागी भएको हो ।

ट्रकमा रहेका चालक र सह-चालकको उद्धार गरिएको छ । आगो नियन्त्रणका लागि लम्की-चुहा नगरपालिकाको दमकल मगाइएको प्रहरीले जनाएको छ ।

 

आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।