सन्धिखर्क–गोरुसिंगे सडकमा कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लाग्दा ६० लाखको क्षति (तस्बिर सहित)

spot_img

-गोपाल प्रसाद भट्टराई

फाल्गुण–२८,अर्घाखाँची – सन्धिखर्क–गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिले खोला स्थित सडक कालोपत्रे गर्नेक्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर)मा आगो लागेर नष्ट भएको छ ।

May be an image of fire

हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भइ उक्त गाडि र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्र र मट्टितेल) जलेर नष्ट भएको हो ।

शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल बर्दश प्रतिभा सम्झना जे.वि.कन्ट्रक्शन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएकोमा सोमबार साँझ ६ बजे ट्याकंरमा आगो लागि भएको खनाल बर्दशका प्रमुख कविराम खनालले बताउनु भएको छ ।

May be an image of text

“वस्ती नभएको जंगल एरियामा मेरो टिमले काम गर्दै थियो, आगो निभाउने प्रयास गर्दापनि नियन्त्रणमा लिन सकिएन ।” खनाल बर्दश कन्ट्रक्शन प्रमुख खनालले भन्नुभयो,“एक्कासी आगो लाग्यो, डिस्ट्रिब्युटरमा आगो लाग्यो, अलकत्र र मट्टितेल चुहिएर सडकको नालीमा बग्न थाल्यो ।” उहाँले अगाडि थप्नुभयो, “आगो नियन्त्रण बाहिर गयो, मानविय क्षति नभएपनि आगो लागिबाट करिब ६० लाखको क्षति भयो ।”

आगो लागिबाट अमर निर्माण सेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर अलकत्र बोकेको ट्याकंर र त्यसमा रहको ७ हजार लिटर कालोपत्र गर्न राखिएको तेल समेत जलेर ६० लाख बराबरको क्षति पुगेको उक्त कम्पनीले जनाएको छ ।

images

घटना भएको थाहा पाएपछि ठाडा प्रहरीचौकीबाट प्रहरी निरिक्षक रिषिराम घर्ति मगरको नेतृत्वमा खटिएको प्रहरी टोली, थानिय बासिन्दा, सडकमा हिडिरहेका यात्रु र निर्माण कम्पनीको टोली खटेपछि करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

images

May be an image of fire