चिसापानीस्थित कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा आयो, पुलमा क्षति

spot_img

चिसापानी – सुदूरपश्चिमलाई लुम्बिनी प्रदेशसँग जोड्ने चिसापानीस्थित कर्णाली नदीमा गुडिरहेको ट्रकमा लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छ। सोामबार साँझ करीब साढे ४ बजेतिर गुडिरहेको से५ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो।

ट्रकमा लागेको आगोको लप्काले पुलको लठ्ठामासमेत सल्किएको थियो। तर पुलको लठ्ठामा लागेको आगो भने दमकलको सहयोगले निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। लाइटर बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो सल्किएको बताउँदै डीएसपी चन्दले डोजरको सहायताले बालुवाको प्रयोग गरेर निभाइएको जानकारी दिए।

कर्णाली पुलमा ग्यास बोकेको ट्रकमा आगलागी, पुलमा समेत सल्कियो आगो - Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal,

तीन घण्टापछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो। यस्तै बाटैमा रोकिएका सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गरी कोठेघाट हुँदै हुलाकी राजमार्गबाट पठाइरहेको प्रहरीले जनाएको छ।

आगो निभाउन घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलको प्रयोग गरिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

डीएसपी चन्दले पुलको लठ्ठामाथि लागेको आगो नियन्त्रणमा आइसकेकाले धेरै क्षति नभएको बताउँदै ट्रकमा के–कति लाइटर थिए? भन्ने कुरा नखुलेको बताए। गुडिरहेका बेला एक्कासि ट्रकमा आगो लागेपछि प्रहरीले चालकसहित ट्रकभित्र रहेकाहरुको सकुशल उद्धार गरेको थियो।- एनपि