उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

spot_img

काठमाडौं । उदयपुरको बेलका नगरपालिका ७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुरको चुहार जाँदै गरेको को. १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा चालकसहित ६ यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । १४ जना सवार जीपमा ५ जनाको मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जीप सडकबाट ५०० सय मीटर तल खसेको बताइएको छ ।