सीआईबी प्रमुखबाट किरण बज्राचार्यलाई हटाएर श्यामलाल ज्ञवालीलाई पठाउने तयारी

spot_img

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने तयारी गरिएको छ ।

एआईजी किरण बज्राचार्यलाई जिम्मवारीमुक्त गरी आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख छन् ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।- एनपि