पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिदैँ, आइतबारदेखि राति १ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

spot_img

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा फेवातालको किनार बाराही घाटबाट राजधानी घोषणा हुने भएको हो ।

Pokhara | Jewel in the Himalaya | Nepal Tourism Board

गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो ।

Pokhara: Sarangkot Sunrise & Pokhara Private Guided Day Tour | GetYourGuide

पोखराको प्रचारप्रसार गरेर यहाँका पर्यटन गन्तव्यहरुको प्रवद्र्धन गर्न तथा पोखरालाई अझ ब्रान्डिङ गर्न यो आवश्यक भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो ।

15 Places to Visit in Pokhara - List of the Best Pokhara Attractions to Go

प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतका अनुसार पोखराको पर्यटनमा करिब ७ खर्ब लगानी भएको छ । लगानीमैत्री वातावरण बनाउँदै यहाँको आर्थिक पर्यटनको प्रवद्र्धन गर्न राजधानी घोषणाले मद्दत पुग्ने उहाँको भनाइ छ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने चर्चा ७ वर्ष अघिदेखि चले पनि सार्थकता भने बल्ल पाउन लागेको स्थानीय बताउँछन् । उद्घाटन समारोहमा सांस्कृतिक झाँकीका साथै हरिदेवी कोइराला, कन्दरा ब्यान्ड, प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवानलगायतले प्रस्तुति दिनेछन् ।

राजधानी घोषणा गरिएसँगै आइतबारदेखि पोखरामा अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने केही व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।