प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

spot_img

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११:०० बजे बोलाइएको छ ।

संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.ब. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।